FACEBOOK AND NATIONALISM IN THE CONTEXT OF NEPAL

फेसबुक र राष्ट्रियता

फेसबुक नेपालीहरुको जीवनमा एउटा अभिन्न अंग हो। सायद त्यसैले होला मैले कसैलाई केहि सोध्नुपरेमा यसैबाट सोध्नेगर्छु। कहिलेकाहिँ कसैको फोटाहरुलाई लाइक गर्दिन्छु त कहिले तिनीहरुमा केहि शब्द थपिदिन्छु। तर आजकल फेसबुकमा नयाँ चलन आएको छ। यसबाट हामीहरु आफ्नो राष्ट्रियता झल्काउन प्रयोग गर्छौ। यसमा पनि मेरो कुनै आपत्ति छैन। छ त केमा भने राष्ट्रियता कुन तरिकाले झल्काइएको छ। हो, हामीमा देशप्रतिको भावना यस्तो तरिकाले बढेको छ कि हामी बिर्सिन्छौ कि त्यो तरिकाले खासै केहि असर गर्दैन भनेर। हामी बिर्सिन्छौ कि त्यसरी गर्दा हाम्रो संकुचित सोचाई झल्किरहेको हुन्छ। हामी बिर्सिन्छौ कि त्यसो गर्दा कसैको मनमा ठेस पुगिरहेको हुन्छ।

संसारभर ख्याति कमाएका वीर गोर्खालीहरुको उत्पत्ति नेपालमा भएको हो र नेपाल तिनीहरुको घर हो। नेपाल गौतम बुद्धको घर पनि हो। संस्कृत यहिँबाट अरु ठाउँमा फैलिएको हो। यी सबैप्रति हामी नेपाली एकदमै गर्व गर्छौ। म नि गर्छु तपाई नि गर्नुहुन्छ। यसमा म केहि भन्दिन। तर आजकल फेसबुक हेर्नुभयो भने एउटा कुरा छर्लङ्ग देख्नुहुन्छ। मानिसहरु यहाँ नेपाल बेचिराखेका छन्। हो, नेपाललाई अझै नयाँ तरिकाले चिनाउनुको सट्टा “नेपाल वीर गोर्खाली वा गौतम बुद्धको देश हो, त्यसैले बढी बोल्ने हैन” भनेर फेसबुकमा अरुहरुलाई तर्साउँछन्। यसो गर्नु मुर्खता मात्रै हो। सक्छौ भने बरु देशको निम्ति केहि गरेर संसारभर चिनाउनुपर्छ। अरु देशहरु हेरियो भने यो कुरा स्पष्ट देखिन्छ। जस्तै बेलायत कुनै जमानामा विश्व आफ्नै बनाएको थियो। उसको औपनिवेशिक नीतिले धेरै देशहरुमा बजार बिस्तार गरेको थियो। तर आजकल हामीले तिनीहरुबाट हामी संसार राज गरेका हौ अब झुक भनेर सुन्दैनौ। अहिले तिनीहरु आविष्कार र नयाँ विचारले आफुलाई चिनाएका छन्। हामी नेपाली भने बुद्ध र गोर्खाली बाहेक केहि थप्न सकेका छैनौ। हामी आफ्नो राष्ट्रियता नकारात्मक तरिकाले प्रस्तुत गरेका छौ।

को हिमाली, को पहाडी, को तराई, को मधेसी, को थारु, को बाहुन, को शेर्पा, को पश्चिमेली, को पूर्वेली, को साम्यवादी, को समाजवादी। जहिल्यै हामी सबै नेपाली। कि कसो?

को हिमाली, को पहाडी, को तराई, को मधेसी, को थारु, को बाहुन, को शेर्पा, को पश्चिमेली, को पूर्वेली, को साम्यवादी, को समाजवादी। जहिल्यै हामी सबै नेपाली। कि कसो?

हामी नेपाली त्यस्तो मुर्ख छैनौ। तर कसैले राष्ट्रियताको कुरा निकाल्यो भने आँखा चिम्लेर उसको प्रस्तावलाई स्वीकार्छौ। एउटा उदाहरण दिन्छु। कसैले तपाइँलाई फेसबुकमा एउटा यस्तो फोटो राख्ने भन्यो कि जसले मधेसी र पहाडीबीचको आत्मीयता झल्काउँछ। तपाइँहरु के गर्नुहुन्छ? तपाइँहरुको कुरा छाडौँ। मेरै साथीभाईहरुले यस प्रस्तावलाई अँगालेका थिए। अब यहाँ म कता असन्तुष्ट भएँ भने उनीहरुले पहाडी, मधेसी र हिमाली जस्ता सानासाना कुरालाई नेपाली  भावनाभन्दा बढी  ठानेँ। ठिक छ अहिलेको परिस्थिति हेर्ने हो भने नेपालमा मधेसी र पहाडी भन्ने दुईओटा भावना छुटिएको देखिएको छ। म यसमा पुरा सहमत छु। तर हामी यति पढेलेखेका र बुद्धि पुर्याउने (आखिर फेसबुक चलाउनेहरु पढेलेखेका बढी हुन्छन्) नेपाली भएर फोटोको तल यो भन्न सकेनौ कि पहाडी र मधेसी भावनाभन्दा अहिले देशलाई नेपाली भावना बढी चाहिरहेको छ। हामी यो भन्न सकेनौ कि हामी नेपालीहरु एकअर्कालाई भित्रैबाट बुझेका छौ। यो भन्न आँट गर्नसकेनौ कि दक्षिण नेपालको समस्या भनेको देशभरिको समस्या हो र सबैजना मिलेर सुल्झाउन प्रयत्न गरिराखेका छौ। यो विश्वास फैलाउन सकेनौ कि उत्तर नेपालीहरुले दक्षिण नेपालीहरुलाई दाजुभाइ मान्छन्। यो बुझ्न सकेनौ कि नाकाबन्दीले हामीलाई नयाँ अवसर प्रस्तुत गर्न खोजेको छ। हामीले देशभित्रै उत्पादन बढाउने अवसर गुमाउदै छौ। देशलाई आत्मनिर्भरको महत्त्व बुझाउन हिच्हिकाइरहेका छौ। मलाई हामीमा देशभित्रै संसार हल्लाउने बुद्धि छ जस्तो लाग्छ र अहिलेको समय हेर्दा जति डरलाग्दो देखिन्छ त्यति नै केहि ठोस गर्न सक्ने अवसर लाग्छ। यो परिस्थितिमा देशको रुप फेर्न अवसर थियो। तर हामी त्यस्तो गाह्रो बाटो रोज्दैनौ। हामीलाई जे चिज पनि सजिलो जो चाहिएको छ। यतिबेला विदेशमा ज्ञान र शीप जानेकाहरुले केहि तहल्का मचाउने काम गर्न सक्थे जस्तो लाग्छ। आखिर हामीले जस्तो सुकै परिस्थितिलाई पनि आफ्नो फाइदाको लागि प्रयोग गर्नुपर्छ भन्ने पाठ पहिल्यैदेखि सिकिराखेका छौ। त्यसलाई अपनाउने बेला आएको छ।

फेरि फेसबुककै प्रसङ्ग ल्याउछु। हामी राम्रोसँग सोचौ। के नेपाली भावना बढी ठुलो कुरा होइन ? ल ठिक छ, यदि फेसबुकमा ट्रेन्डिङ्ग नै पार्ने हो भने #हामीसबैनेपाली अनि फोटोको तल “को हिमाली, को पहाडी, को तराई, को मधेसी, को थारु, को बाहुन, को शेर्पा, को पश्चिमेली, को पूर्वेली, को साम्यवादी, को समाजवादी। जहिल्यै हामी सबै नेपाली।” भनेर लेख्न पनि त सक्थ्यौं। तर गरेनौ। यसमा के बुझ्नुपर्यो भने राष्ट्रियता देखाउने नै हो भने सोचेर देखाऔ। हामी भित्रका संकुचित भावना ठ्याम्मै नदेखाऔ। म हजुरहरु सामु यहि मात्रै बिन्ती गर्छु।

(PS: यहाँ भनेका कुराहरु सबै यस ब्लगका लेखकका आफ्नै विचार हुन्। केहि असन्तुष्टि छ भने अवश्य टिप्पणी गरिदिनुहोला।)

Advertisements

2 comments

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s