WHAT DOES BUDHANILKANTHA SCHOOL TEACH NEPAL?

बूढानीलकण्ठ स्कुलले नेपाललाई के सिकाउँछ?

केही आशाले  भरिएका वर्षहरुसम्म विकासोन्मुख राष्ट्रको सुचीमा गनिए तापनि नेपाल पुन: अविकसित राष्ट्रको सुचीमा सुचीक्रित् हुन पुगेको छ। सायद यो तथ्यप्रति प्राय: नेपालीको प्रतिक्रिया ‘Reactionless’ कि त ‘Expressionless’ हुन्छ होला। विदेशी सङ्घसंस्था, विश्व बैंक आदिले तयार गरेका प्रतिवेदनको दु:खद तथ्यले सबै नेपालीलाई चोट नपुराए पनि ऐनाझै छर्लङ्ग अनि घामझै  स्पस्ट राजनितिक भद्रगोल, खिचातानिमा अल्झिएको संविधानसभा, आकासिएको बजारभाउ, बेरोजगारी आदि त अधिकांशले देखेको र भोगेको तथ्य हो। त्यसले त कसो नेपालीहरुलाई नपोलिरहेको होला? चित्त काटिन्छ देख्दा, असफल राष्ट्रको उदाहरणमा पर्ने नेपालको आर्थिक विकास अब अर्को दशकको अन्त्यतिर सरिसकेको छ। अब यही अन्योल्ता अनि लाचारपनले त सम्मुनत नेपाल देख्न अरु कयौ दशक कुर्नुपर्नेछ। यद्धपि, संक्रमणकालिन  नेपालले विगतका त्रुटी कमजोरीलाई सच्याउदै अघि बढ्नेछ भन्नेमा पूर्ण रूपमा आशावादी छु म। यति प्रचुर स्रोत र साधन हुँदाहुँदै पनि कति गरिबीमा बाँच्ने , कति  अँध्यारोमा रात काट्ने? यो प्रश्नले हामीलाई झक्झक्यैरहेको भान हुन्छ मलाई। नेपाल हालको लागि अविकसित नै भएपनि  बिग्रदो नहोस्, बिस्तारै नै भएपनि प्रगतिपथमा लम्किरहोस्। अहिलेलाई हामीले गर्ने प्रयत्न यही हो जस्तो लाग्छ मलाई। यसका लागि हामीले पाठ सिक्नुपर्छ, विगतका भुलचुकबाट अनि अरु सफल अनि समृद्ध समाजबाट ।

यहाँसम्मको लेखसम्म अाइपुग्दा ‘बूढानीलकण्ठ’ भन्ने शब्द शीर्षकमा मात्र उपयोग गरेको रहेछु।प्रसङ्ग बूढानीलकण्ठ स्कुल को  ….।

बूढानीलकण्ठ स्कुल मैले अध्ययन गरेको विद्यालय, राष्ट्रकै प्रतिष्ठित एवम् पृथक ईतिहास बोकेको विद्यालय अनि नेपाललाई आफ्ना होनहार विद्यार्थीद्वारा संसारमा चिनाउने स्कुल हो। एउटा शैक्षिक संस्थामात्र नभएर बूढानीलकण्ठ आँफैमा एउटा सानो अनि सुदृढ समाज हो । तसर्थ समाज निर्माणमा बूढानीलकण्ठ स्कुललाई एउटा सबल उदाहरणको रूपमा प्रयोग गरिन सकिन्छ।

नेपालको राजनीतिमा सधैं चर्किरहेको बहसको शीषर्क हो : संघीयता  । नेपालमा संघीय  राज्य कस्तो हुनुपर्छ भन्ने विवाद  उत्पन्न भएको पनि वर्षौ भइसक्यो।  के नेपाललाई जातीय आधारको स्वायत्त राज्य चाहिन्छ होला ? यसरी जातीयताको आधारमा संघीयतामा जानुको आफ्नै गुण अवगुण छन् । तर हामी नेपालीबीच मेलमिलाप र शान्ति कायम राख्ने हो भने जात र संस्कृति अनुसार बर्गीकरण गर्नु कदापि उचित हैन। हामी विभिन्न धर्म, जात र संस्कृतिबाट आए पनि  एउटै समाजमा मिलेर बस्न सक्छौ भन्ने सन्देश दिन्छ बूढानीलकण्ठले । नेपालका विभिन्न पृष्‍ठभूमि र क्षेत्रबाट आएर, एक अर्काका भिन्नताका बावजुद पनि बूढानीलकण्ठ स्कुलका विद्यार्थीबीच माया र भ्रातृत्व एकदम प्रगाढ रहेको छ ।

10926248_1428783450745724_2359706348106453404_o

BNKS students celebrating Saraswati Pooja in the school premises. Source: Budhanilkantha School Official page

मुलुकका सबै जिल्ला, जात, जनजातिलाई प्रतिनिधित्व गर्दै आएका विद्यार्थीलाई समान शैक्षिक अवसर प्रदान गरेको छ बूढानीलकण्ठले । जातीयता जस्तो मानवनिर्मित पर्खालबाटमाथि उठ्न प्रेरणा दिएको छ उक्त स्कुलले । जसबाट निर्माणाधीन नेपालले पनि विभिन्न संस्कृति र पृष्‍ठभूमिबाट आएका नेपालीलाई जातीय सोचबाटमाथि उकास्ने लक्ष्य लिने प्रेरणा लिन सकोस। जातीय संघीयताको प्रमुख  उद्देश्य समानता नै हो । तसर्थ, हाम्रो ध्यान कसरी सबैका निम्ति अवसर सृजना गर्ने, कसरी बूढानीलकण्ठ स्तरको शिक्षा सबैको पहुचमा पुर्याउने भन्नेतिर केन्द्रित हुनुपर्छ । अरु क्षत्रीय विकासलाई प्रबर्धन गर्न र प्रशासनिक कामलाई विकेन्द्रिकरण गर्न त जातीय आधारमै हामी टुक्रिनुपर्छ भन्ने छैन। यसका साथै आर्थिक विभेदरहित समाज बनाउने प्रेरणा पनि बूढानीलकण्ठबाट लिन सकिन्छ। यहाँ नेपालका बिकट जिल्लाका विद्यार्थीदेखि  नेपालका सम्पन्नशाली परिवारका  छोराछोरी एउटै किसिमको सादा चामल खान्छन, एउटै स्तरको विद्यालय पोसाक लगाउँछन् । यसबाट निस्कने निचोड : आर्थिक विभेद हटाउन धनीलाई गरीबको स्तरमा झार्नुपर्छ भन्ने होइन, तर निम्न आयस्तर भएकालाई उत्थान गर्नुको साथै आयकरको मापदण्ड बलियो बनाउने प्रावधान हुनुपर्छ। कर छलीलाई जटिल्ताकासाथ लिनुपर्छ।

माथि उल्लेख गरिएझै बूढानीलकण्ठ स्कुल एउटा perfect स्कुल होइन। यस विद्यालयका  पनि आफ्नै कमिकमजोरी छन्  । नेपालले आज यो मोड लिनुमा बूढानीलकण्ठ स्कुलको कमजोरी पनि ठुलो हात रहेको छ । सक्षम्  विद्यार्थी मात्र उत्पादन गरेर बूढानीलकण्ठले देशको सेवा गरेन । उल्टो यहाँका विद्यार्थीहरु बिदेसिएपछि नेपाल नफर्किनाले देशले हजारौं दक्ष र योग्य जनशक्ती गुमाउन पुग्यो। हामी कल्पनामात्र गरौ, यदि बूढानीलकण्ठमा शिक्षित विद्यार्थी विश्वका प्रतिष्ठित विश्वविद्यालयमा पढेपश्चात् नेपाल फर्किएको भए, आज देश कहाँ पुग्ने थियो ? यहाँ कति नयाँ विचार  र अवसर भित्रिने थियो ? कति उद्योग जन्मिने थियो? जसरी ६० वर्ष अघिसम्म दक्षिण कोरियाको अर्थतन्त्रमा कायापलट ल्याउन कुनै बेला विदेशमा सीप र शिक्षा लिन गएका जनताको हात थियो, त्यसैगरि नेपालको अर्थतन्त्रमा  बूढानीलकण्ठका विद्यार्थीले आफ्नो भूमिका निरवाह गर्न सक्थे। यसका लागि म बूढानीलकण्ठ स्कुल र त्यहाका विद्यार्थीलाई दोषी मान्दिन। अब विगतको आलोचना गरेर हुने पनि केही हैन। यसबाट ठुलो पाठ भने हामीले सिक्नुपर्छ। जनशक्ती उत्पादन गर्नु संगसंगै त्यसलाई परिचालान गर्नु पनि उत्तिकै आवश्यक हुन्छ भन्ने सत्यलाई ध्यानमा राख्नुपर्छ । अबको विदेशिने पुस्तालाई स्वदेश फर्किन लालायित बनाउनुपर्छ।

मैले देखेको भताभुङ्ग नेपालका केही कमिकमजोरी यिनै हुन् । यिनै समस्यालाई मैले नेपालभित्रै देखेको अनि भोगेको सुक्ष्म तर सफल समाज बूढानीलकण्ठ स्कुलसँग दाँज्ने प्रयास गरेको हुँ।

सुनील लामिछाने 

Advertisements

7 comments

  1. वा सुनिल( Sunil) ! कस्तो मेरो मन को कुरा छोयो तिम्रो लेख ले ! सार्है राम्रो छ ! आगामी दिनहरु मा पनि यस्ता लेखहरु पढ्न पायिउन!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s