NEPAL KINA BANENA?

नेपाल किन बनेन?

“नेपाल किन बनेन?” भन्ने विषयमा कान्तिपुर दैनिकले सात-आठ महिनाअघि एउटा बहस सुरु गरेको थियो। त्यो अभियान लगभग एक महिनासम्म चल्यो जसमा देशभरिका विभिन्न दर्जाका आम जनताले आफ्नो वक्तव्य राखे। प्राय अभिलेख राजनीतिक दृष्टिकोणबाट प्रभावकारी बनाइएको थियो। नेपाली जनसमुदायमा एउटा फरक तरिकाले तहल्का मचाएको थियो, त्यो अभियानले। किनभने नेपालीहरु सोच्न बाध्य भए कि खासमा नेपाल किन बन्न सकेन त अहिलेसम्म भनेर ? 
आज मपनि यस ब्लोगबाट माथिको विषयमा केहि प्रकाश पार्ने अठोट गर्नेछु। अझ अस्ति संविधानसभामा रचिएको ताण्डव नृत्यले त झनै मलाई यो लेख लेख्न उत्साहित गरेको छ। 
सुरुवात गरौ हाम्रा सभासदहरुको अमानवीय हर्कतबाट जसले आज विश्वका केहि दैनिक पत्रिकाहरुमा पहिलो पृष्ठमै आफ्ना बाँदर चरित्र छाप्न मजबुर गरिदिए।  सो हर्कत गर्नु अगाडि एक पल पनि सोचेनन् कि यसले संसारभरि छरिएर बसेका नेपाली दिदीभाईलाई कत्तिको असर पारयो भनेर। कत्तिको लाज सहनु परयो भनेर। सायद त्यहि लाजको कारणले होला हिजो र आज प्रायको सामाजिक संजालमा राजनीतिप्रति आक्रोश पोखिराखेका थिए। यसलाई म सामान्य हिसाबले लिने गरेको छु। तर जनतालाई त्यसरी रिस उठाएकोमा म कदापि ति पापीदुष्टहरुलाई क्षमा गर्ने  वाला छैन। यो मेरो सायद भीष्मप्रतिज्ञा सम्झे पनि हुन्छ। 
संविधान बन्न नदिने हो भने खुरुक्क लागेर सभासद पदबाट निस्के हुन्छ। कुर्सी फाल्नु पशु सरह हो।
अब आफै निर्णय गर्नु: सभासद कि पशु? फोटो: http://www.nagariknews.com 
घटनापछि मेरो साथी परमार्थले आफ्नो तितो मन्तव्य यसरी  दियो-“हिजोसम्म गौतम बुद्ध नेपालमा जन्मेको भन्दै गर्व गरेर हिँड्थे तर अहिले मान्छेको रूपमा कुकुरहरु जन्मिने देशमा बुद्ध जन्मेको भन्दै कसरी गर्व गरेर हिडौ म?” यसले वर्तमान परिस्थितिको सहि ढंगले चित्रण गरेको छ। अहिले त म आफैलाई पनि धिक्कार लागिरहेको छ यस्ता पशुहरुलाई चुनावमा जिताएर। के म त्यस्तो तरिकाले कुर्सी फालाफाल गरौला र? अवश्य नाइँ ! भनेपछि त मैले मेरो प्रतिनिधि नै पठाएको छैन भनेर ठोकुवा गर्न सक्ने भए नि त।  सक्दिन र?
वास्तवमा भन्ने हो भने नेपाल पौराणिक सोचका आधारमा र आफ्नो व्यक्तिगत स्वार्थको लागि लागिपरेको कारणले नै पछि परेको हो। वा बन्न नसकेको हो।  जुनसुकै समस्याको जरानै यहि नै हो भन्नेमा म विश्वस्त छु। हामीले समयअनुसार आफ्नो सोचाई नबद्लिन जुन प्रयास गरेका छौ त्यो एकदमै मुर्ख कुरा हो। जुन व्यक्ति समय संगसंगै आफ्नो सोच बदल्न सक्दैन त्यसले कसरी उन्नतिको बाटो पर्खिन सक्छ? समयको मागअनुसार रणनीति बदल्न सक्दैन भने त्यसले कसरी विकासको वासना सुघ्न सक्छ? अझ हरेक कार्यक्रमको प्रमुख अथिति बन्दाखेरिको भाषण पुरानै शैलीमा गए कसरी देशको स्तरोन्नति भएको सपना विपनामा परिणत गर्न सक्छ? कुनै हिसाबले पनि बन्ने छैन यसरी हाम्रो देश! 

नेपालमा हामीले विकासको गति आकासिएको देख्नलाई सानैदेखि सोचाई परिवर्तन गरिरहनुपर्छ भन्ने छाप बसाल्नु  जरूरी छ। आजकल हामी अरु देशको नक्कल गर्नमा अग्रसर भएपनि विकासको नक्कल गर्न पछि परेका छौ। यसमा हाम्रो संकीर्ण सोचाई प्रमुख कारणमा पर्छ। कुनै काम गर्न खोज्यो कसैले आफ्नो स्वार्थ देखेर त्यसलाई रोकिहाल्छ। केही लागेन भने खेलौना बन्दुक देखाएर भए पनि धम्की  दिन्छ। अनि हामी भर्खर सङ्क्रमणकालबाट मुक्त भएका नेपाली जनता त्यसै नै तर्सिने भएनौ त नि? अनि कहाँ नेपाल बन्छ त?

हामीले एक अर्कालाई सहयोग गरे मात्र देश उन्नतितिर लम्किन सक्छ। रिस गरे कहिँ प्रगतिको किरण देख्न सकिन्छ? आफ्नो छिमेकीले घर बनाउन खोज्यो भने वा व्यापार गर्न खोज्यो भने हामी किन अंश माग्न लागिरहन्छौ? त्यसबाट फाइदा लिन खोज्नु त भ्रष्टाचार हो, अरु केहि होइन। बल्लबल्ल कुनै राष्ट्रिय गौरवको आयोजनाले निरन्तर पाइरहेको छ भने त्यसमा आफ्नो फाइदा हेरेर किन विरोध गर्ने मुर्खहरुले? ल ठिक छ, यदि विरोध गरेर आफ्नो माग ढिलो भंए पनि पुरा नै हुन्छ भने किन त्यतिको समयमा नेपाल सरकारलाई दोषी ठहराउदै जान्छौ ? किन लोडसेडिंगको प्रसङ्ग घन्टौपिच्छे कोट्याईरहन्छौ? आन्दोलन गरेर बन्द गरेर जनतालाई पेल्न खोज्नु भन्दा किन संविधानसभाभवन भित्रै एकले अर्कालाई पेलेर जनतालाई राखेको प्रतिज्ञा पुरा गर्दैनौ?

हेर्नुस, यदि तपाई नेपाल बन्न खोजेको देख्न चाहनुहुन्छ भने तुरुन्तै समय अनुसार सोच बदल्ने क्षमता विकसित गर्नुह्वस। अरुहरुको रिस र डाह गर्ने बानी छोडिहाल्नुह्वस। नेपालमा यदि आइतबार नङ काट्न हुदैन, सोमबार लुगा किन्नु हुदैन, मंगलबार किनेको सामान उपभोग गर्नु हुदैन, बुधबार घातबार भनेर यात्रा गर्नु हुदैन, शुक्रबार कपाल काट्नु हुदैन अनि शनिबार आफ्नो घरबाट छुटिनु हुदैन भन्ने सोचलाई निरन्तरता दिने हो भने माथिको बहस हामीपछिको चार-पाँच पुस्तासम्म पनि त्यहिँ नै हुनेछ। जुन हामी सोच्न समेत सक्दैनौ। 

भनेपछि यसको समाधान के? समाधान जेसुकै भएपनि यदि हामी पछिको पुस्तामा नेपाल किन बनेन भन्ने  विषय उठ्यो भने हामीले ढिलो गरिसकेका रहेछौ भन्ने सोचे काफी हुनेछ। अनि अरु सबै तिरबाट वाहवाह पाएको ठाउको  सट्टामा तिनीहरुको आँखाको कसिंगर हुनेछौ। के यो तपाइलाई पच्ला?   
Advertisements

One comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s